पुर्वाञ्चल विश्वविद्याल अन्तर्गत एक्मि ई. कलेजका विद्यार्थीहरुको परिक्षा Expelled गरिएको सम्बन्धमा
आदरणिय विद्यार्थी साथीहरु,
पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका एक्मि ई. कलेजमा यहि मंसिरमा सञ्चालन भएको वि. ई. तर्फको दोस्रो, चौंथो र छैटौं सेमेस्टरको हालै प्रकाशित भएको परिक्षाफल प्रति हाम्रो घोर आपत्ति रहेको छ। उत्त परिक्षाका लागि परिक्षा निरिक्षक विश्वविद्यालयका तर्फबाट तोकिएको सर्वविदितै छ। आदरणिय विद्यार्थी साथीहरु परिक्षामा चिट चोरिरहेको अवस्थामा के – कति जनालाई कारवाही गरिएको भन्ने कुनै पनि ठोस प्रमाण परिक्षा सञ्चालनको समयमा फेला परेन। तर परिक्षाफल प्रकाशित भइसकेपछि लगभग ७०% विद्यार्थीहरुको परिक्षाफल Expelled भएर आएकोमा हामी र हाम्रो संगठन आश्चर्यचकित भएका छौं। यस्तो प्रकृतिको गम्भीर षडयन्त्र गरि विद्यार्थीहरुको भविस्यमाथी खेलवाड गर्ने गैर जिम्मेवार परिक्षा निरिक्षक, सहायक परिक्षा निरिक्षक र परिक्षा नियन्त्रक शुशिल कुमार झा को तत्काल राजिनामाको जोडतोडका साथ माग गर्दछौ।
यदि हाम्रो मागलाई वेवास्ता गरिएमा आगामि दिनमा आन्दोलनको आँधीवेहरीको सृजना गर्नेछौ।


Leave a Reply