कांग्रेस सामूहिक नेतृत्वमा अगाडि बढ्ने’
Fri, Oct 16, 2009
काठमाडौ, २०६६ आश्विन ३० – नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले अब नेपाली कांग्रेस एकल नेतृत्वमा अगाडि नबढ्ने बताएका छन् । सामूहिक नेतृत्वको अवधारणामा पार्टी अगाडि बढ्न थालेको उनले दावी गरे ।
राजधानी स्थित विश्वभाषा क्याम्पसमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले पार्टीको आधिकारिक निर्णय बिना नै प्रधानमन्त्रीले सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्ति गरेको विषयले पार्टी भित्र ठूलो बहस निम्त्याएको बताए । उनले भने-’त्यही बहसले पार्टी बिरामी परेको छ, भित्र भित्रै त्यसको उपचारको खोजी गरिरहेका छौं ।’ प्रत्येक निर्णय एकल होइन संस्थागत हुनुपर्छ यस अभियानमा पार्टी जुटेको उनको कथन थियो । केन्द्रीय कमिटीले पार्टी सभापतिलाइए अधिकार प्रत्यायोजन गरेको कुरा गलत भएको उनको दावी थियो ।
अर्को एक प्रसंगमा उनले शिविरमा रहेको माओवादी लडाकुको व्यवस्थापन नभएसम्म शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न नसक्ने बताए ।
Please send us your comments
Source: ekantipur.com
Tags: Nepali Congress, News, Socialist


November 29th, 2009 at 10:06 am
I m the PU student n i found this site while searching pu site. You Guys are the union for ou student so as being the student of pu i m so worried abt my career because this university is not doing the things in time. So this is my humbel request to u to make fixed time table for academic calander so that it ll be great for all Pu students
December 8th, 2009 at 12:14 pm
Thanks for your comment friend. Friend nepal is in transition phase. The whole system of country is affecting. And due to this reason we are also affected. Among the other universities of Nepal, PU is bit affected more, we all are very responsible for this. But we still are working to make everything alright so that the coming new students won’t get frustrate. I would like to suggest you that please do not worry, everything will be fine soon.