A A
RSS

वाईसीएलद्वारा कांग्रेस नेता खोजी खोजी आक्रमण

Wed, Oct 28, 2009

News

नारायणगढ -, २०६६ कार्तिक १० – वाइसीइएलले मंगलबार नारायणगढमा नेपाली काग्रेसका नेता शेरबहादुर देउवा, सभासद गगन थापा र सिंचाई मन्त्री बालकृष्ण खाँण लगायतका नेतालाई खोजी खोजी आक्रमण गरेका छन् । 

चितवनमा वाइसिएलले फुटाएको देउवाको गाडी

चितवनमा वाइसिएलले फुटाएको देउवाको गाडी

 उनीहरुले नेताहरु माथि लाठी र ढुंगा बर्साउनुका साथै तरबार समेत प्रयोग गरेका छन । आक्रमण पछि दोहोरो झडप हुदा तरुणदल चितवनद्धारा नारायणी कला मन्दिरमा आयोजित कांग्रेसको कार्यक्रम स्थलबाहिर निकै बेर तनाब भएको थियो ।

वाईसीएलले तरुण दलको ५६ औं स्थापना दिवसमा नारायणगढमा आएका पूर्व प्रधानमन्त्री एवं कांग्रस नेता नेता शेरबहादुर देउवा, बालकृष्ण खांड र गगन थापालाई लक्षित गरी आक्रमणहरु गरेका थिए ।

आक्रमणका बेला तरुणदलका केन्द्रीय सभापति महेन्द्र यादव, डा. सशांक कोइराला र चन्द्र भण्डारी साथै थिए । माओवादी कार्यकर्ताले मन्त्री खांड कालो झण्डा देखाउनुको साटो देउवालाई लक्षित गरेर ढुंगामुढा हानेका थिए ।

रोयल शेन्चुरीमा खाना खाएर कार्यक्रम स्थल नारायणी कला मन्दिर तर्फ जादै गरेका  देउवा सवार गाडीलाई वाईसीएलले प्रहरीको घेरा तोडी एक्कासी आक्रमण गरेका थिए ।

प्रहरीले बल प्रयोग गरेपछि एक्कासी ढुंगा मुढा बर्साउदा देउवा चढेको बा ६ च १०२५ नम्बरको गाडीका शिसा फुटेको छ ।

आक्रमणबाट उनलाई चोटपटक लागेको छैन । गाडी भित्र सिटमा कांचका टुक्रैटुक्रा थिए । त्यसै बेला मन्त्री खांड सवार गाडीमा समेत आक्रमण भएको थियो । उनी सुरक्षित छन ।

कला मन्दिर बाहिरबाट माओवादी कार्यकर्ताले २० मिनेट जति ढुंगा हानेका थिए । प्रतिकारमा कांग्रेस कार्यकर्ताले समेत केही बेर ढुंगा हानेका थिए ।

तरुणदलका कार्यकर्ता लट्ठी लिएर भिड्न जानथालेपछि अगुवा कार्यकर्ताले रोकेका थिए ।

कलामन्दिरमा भएको झडपका क्रममा कांग्रेस मेघौली गाउँ समितिका कोषाध्यक्ष ठाकुर बिष्टको अनुहारमा गंभीर चोट लागेको छ । स्थानीय गोपाल देवकोटाको कुममा चोट लागेको छ । भने तरुण दल कार्यकर्ता गोपी गुरुङ, विपिन राई र मंजित लामालाई चोट लागेको छ । माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । माओवादीले आफ्ना तर्फका करिब एक दजर््रन घाईते भएको दावी गरेको छ । क्याम्पाचौरमा १ घंटा भन्दा बढी समय तानव भएको थियो ।

आक्रमणको कांग्रेस केन्द्रीय समितिले कडा भत्सर्ना गरेको छ । मुख्य सचिव रामचन्द्र पोखरेलद्वारा जारी बिज्ञप्तीमा नेता तथा कार्यकर्तामाथि भएको आक्रमणलाई आतंककारी गतिविधिको संज्ञा दिदै यस्ता गतिविधि रोक्न माओवादीलाई चेतावनी दिइएको छ ।

 कलामन्दिरमा आक्रमण लगत्तै ३०/४० जनाको समूह नारायणगढ स्थित लुम्बिनी बैंक नजिकैको एक घरमा साथीहरुसित बसेका गगन थापालाई खोज्दै आक्रमणको प्रयास गरेका थिए ।

उनी बसेको घरभेटीले गेटमा ताला लगाएर उनलाई जोगाइन । ‘मलाई नामै किटेर बोलाए,’ गगनले कान्तिपुर सित भने-’म नआएपछि बाहिर रहेको मोटरसाइकलको सिट तरबारले काटे र मोटरसाईकल ध्वस्त पारे । उनी चढेको नेविसंघ जिल्ला अध्यक्ष जित नारायण श्रेष्ठको बा २० प २६२९ नम्बरको मोटरसाइल ध्वस्त पारेका हुन । पछि प्रहरीले थापाको उद्धार गरेको थियो ।

लगत्तै बजारमा माओवादी कार्यकर्ताले तरुण दलका पूर्व जिल्ल्ाा अध्यक्ष शम्भु अर्याल सवार ग १ च ४५३० नम्बरको अल्टो कारमा  समेत ढुंगा मुढा गरेर क्षति पुर्‍याए ।

दुबै पार्टीका कार्यकर्ताले ठाउँ ठाउमा एक अर्का बिरुद्ध चर्का नाराबाजी गरेका थिए । माओवादी कार्यकर्ताले बिहानै क्याम्पाचौरमा भेला भएर बिरोधको तयारी गरेपछि तरुण दलका कार्यकर्ता समेत झण्डा सहित शक्ति प्रदर्शनमा उत्रेका थिए ।

Is this good work done by Maoists Movement…What do you think? Please write comments.

Leave a Reply

CAPTCHA image

Jai Nepal

Jai Nepal

Polls

Do you think the New Constitution of Nepal will be constructed by time?

  • Yes (75%, 3 Votes)
  • No (25%, 1 Votes)
  • I have no idea (0%, 0 Votes)

Total Voters: 4

Loading ... Loading ...

Categories

Archives