A A
RSS

नेपाल विद्यार्थी संघ र अन्यौल पूर्ण राजनीति

Fri, Jan 15, 2010

Recent

नेपालको राजनैतिक र शैक्षिक आन्दोलनको पं्रमुख शक्तिको रुपमा नेपाल विद्यार्थी संघले आफ्नो ईतिहास रचिआएको छ। नेपालको राजनीतिमा गौरवशाली इतिहास बोकेको पार्टि नेपाल कांग्रेसको जन्म संगै प्रजातान्त्रीक आन्दोलनलाई यूवा विद्यार्थीहरुको तह बाट उठाउने सोचका साथ २०२७ सालमा नेपाल विद्यार्थी संघको जन्म भएको थियो। त्यस पश्चात नेपाल विद्याथर्ीै संघको नेतृत्वमा ठूला ठूला शैक्षिक आन्दोलन सम्पन्न भएको थियो। नेपाल विद्यार्थी संघको नेतृत्वमा २०४६ सालको जनआन्दोलन सम्पन्न भएको थियो। त्यस पश्चात भएको शासन पद्धती परिवर्तनमा नेपाल विद्यार्थी संघ शैक्षिक पद्धती परिवर्तनमा आफ्नो आन्दोलनलाई अगाडि बढाएको थियो। तर नेपाली समाजमा आएको परिवर्तन संगै नेपाल विद्यार्थी संघले आफ्नो संगठन संरचनामा परिवर्तन ल्याउन सकेन। शैक्षिक क्षेत्र अस्तब्यस्त हुँदा पनि मुकदर्शक भएर बस्ने संगठनको रुपमा परिचित हुन थाल्यो। त्यसकारण सम्पूर्ण विद्यार्थीको नेतृत्व गर्नबाट नेपाल विद्यार्थी संघ असफल भएकै हो। तर राजा ज्ञानेन्द्र को “कु” पछि लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण लोकतन्त्र प्रेमी विद्यार्थीहरु नेपाल विद्यार्थी संघमा आवद्ध भएर, राजा ज्ञानेन्द्रको “कु” विरुद्ध लडेर नेपालमा लोकतन्त्र स्थापित गरेर नै छाडे। स्मरण हुनु पर्छ जति खेर माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तीकारी जंगलमा बसेर गणतन्त्र नेपाल जिन्दावादको नारा लगाउँदै थिए, त्यती खेर नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु राजदरवारको अगाडि उभिएर गणतन्त्र नेपाल जिन्दावादको नारा घनकाउँदै थिए। वास्तवमा भन्ने हो भने सच्चा क्रान्तीकारी विद्याथर्ीै संगठन नेपाल विद्यार्थी संघ नै थियो र हो।

नेपाल विद्यार्थी संघको ईतिहास र योगदानलाई प्रत्येक नेपाली जनताले सम्मान गरेकै छन्। विगत हेर्दा खुशी लाग्छ, यस मानेमा कि नेपाल विद्यार्थी संघको नेतृत्व गरेको ब्यक्ती नेपालको प्रधानमन्त्री र मन्त्रीपद सम्म पाए। तर वर्तमान र भविष्य हेर्दा त्यतीनै दुःख पनि लाग्ने भएको छ। अहिले यस संगठनको गतिविधि हेर्दा अरु विद्यार्थी संगठनको पुच्छर भएको जस्तो भान हुन्छ। वर्तमानमा यो नेतृत्वको अदुरदर्शिता हेर्दा यस संगठनको भविष्य अन्धकारमय भएको आभाष हुन्छ। नेतृत्व गर्ने ब्यक्तिमा क्षमता छैन भन्न खोजिएको हेाईन तर नेतृत्वले गरेको गुठबन्दीका कारण  यसको भविष्य अन्धकारमय भएको देखिन्छ। संस्थागत निर्णयको अभावमा नेतृत्वले मनोमानी ढङ्गले निर्णय गर्दै संगठन हाक्ने दुष्प्रयास गरेको देखिन्छ। मातृपार्टी नेपाली काँग्रेस मुकदर्शक भएर बसेको छ। तर समग्रमा भन्नु पर्दा असर नेपाली काँग्रेसलाई सबैभन्दा बढि हुन्छ। नेपाल विद्यार्थी संघको उद्देश्य यूवा विद्यार्थीलाई नेपाली काँग्रेसको विचार सिकाउनु हो।

राष्ट्रियता, समाजवाद र प्रजातन्त्रको परिभाषा विद्यार्थी जमात सम्म पुर्‍याउनु हो। अर्को अर्थमा भन्नु पर्दा नेपाली काँग्रेस र विद्यार्थी जमातको बीचमा एउटा पुलको काम गर्नु नै हो। तर नेपाल विद्यार्थी संघको नेतृत्वमा बस्ने ब्यक्ती नै गुठबन्दी गर्ने प्रारम्भ गर्‍यो भने यि विचारहरु कसले विद्यार्थी माझ पुर्‍याउने। विपिले देखेको सपनाहरु कसले साकार पार्ने। त्यसकारण नेपाल विद्यार्थी संघको केन्द्रीय नेतृत्वलाई चुस्त दुरुस्त पार्न मातृपार्टी नेपाली काँगे्रसले यथासिघ्र केही ठोस कदम उठाउनुनै पर्छ। संगठन कमजोर भएको देखेर रमाउने केही तत्वहरुले बुझ्नै पर्छ, नेपाल विद्यार्थी  संघ कमजोर अवस्थामा पुग्यो भने लोकतन्त्र र स्वयं नेपाली काँग्रेस नै कमजोर हुनु हो। नेपाल विद्यार्थी संघले केही महत्वपूर्ण त्रुटिहरु गरेका छन्। ति त्रुटिहरुलाई केलाएर हेर्नु पर्छ जस्तो :

१) त्रिभुवन विश्वविद्यालयले गरेको शुल्क वृद्धिको निर्णयको विरोधमा आन्दोलन गर्नुः–

त्रिभुवन विश्व विद्यालय देशकेा सबैभन्दा ठूलो र सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने विश्व विद्यालयको रुपमा स्थापित भएको छ। यो विश्वविद्यालयले न्यून शुल्कमा शिक्षा दिएर पनि दक्ष जनशक्ती उत्पादन गरेकै हो। तर बदलिदोँ परिस्थिती र प्रतिस्पर्धाको युगमा विश्वविद्यालयले दक्ष र समय सुहाँउदो जनशक्तीको उत्पादन गर्न सकिरहेको छैन। साधन र श्रोतको कमी तथा आर्थिकभारले विश्वविद्यालय धान्नै नसक्ने अवस्थामा पुगेको वास्तविकता सम्पूर्ण विद्यार्थी संगठनका नेताहरुलाई थाहा नभएको होइन्। तर सस्तो लोकप्रियता र गरिवको नाममा राजनीति गरेर विश्वविद्यालयलाई नै धराशायी हुने अवस्थामा पुर्‍याएका छन्। त्यसकारण विश्वविद्यालय जोगाउन नेपाल विद्यार्थी संघको महत्वपूर्ण भूमिका खेल्नुका साटो विश्व विद्यालय नै धरासायी बनाउन अग्रसर भएको देखिन्छ।

२) उच्च माध्यामिक शिक्षा र सिटिमितीको शैक्षिक कार्यक्रमलाई गाउँ केन्द्रीत बनाउन नसक्नु :

त्रिभुवन विश्वविद्यालय बाट प्रमाणपत्र तह लाई हटाउने निर्णय संगै उच्च माध्यामिक शिक्षा (177२) लाई शहर केन्द्रीतको साटो गाउँ केन्द्रीत बनाउनु पर्ने थियो। उच्च माध्यामिक तह शहर र जिल्ला सदरमुकाममा मात्र केन्द्रीत भएको देखिन्छ। जसले गर्दा गरिब र विपन्न वर्गका जनता उच्च शिक्षा बाट वञ्चित हुने खतरा उत्पन्न भएको छ। त्यस्तै विदेशीको सहयोगमा संचालन भएको प्राविधिक तालिम केन्द्रको तालिम पनि शहरी क्षेत्र उन्मुख भएको देखिन्छ। त्यसकारण गरिब र विपन्न वर्गको लागी राजनीति गर्नेहरुले गरिबलाई झन गरिब बनाउन अग्रसर भएको महसुस गर्न सकिन्छ।

३) निजि शिक्षण संस्थानले मनोमानी ढङ्गले असुल्ने शुल्कको विरोधमा आन्दोलन गर्न नसक्नु :

अजबको नेतृत्वको गजबको दुरदर्शिता भन्ने उखानको पर्यायवाची नै हो वर्तमान नेपाल विद्यार्थी संघको नेतृत्व। त्रिभुवन विश्व विद्यालयको आँगिक क्याम्पसहरुको शुल्क वृद्धि हुँदा आन्दोलन गर्ने तर त्यहि विश्व विद्यालय बाट सम्बन्धन प्राप्त कलेजहरुले गरिब नेपाली जनताको रगत चुसिरहँदा आँखा चिम्लेर बस्ने नेपाल विद्यार्थी संघको यो कस्तो नेतृत्व हो? सबैले अब विचार पुर्‍याउनु नै पर्छ।

अन्तमा, त्यसकारण गरिबको नाममा राजनीति धेरै भयो। गरिब नेपाली जनतालाई झन गरिब बनाउने फोहरी शैक्षिक राजनीतिको बाटो अब हामीले  छोड्नै पर्छ। अब नेपाल र नेपाली जनताको प्रतिनिधित्व हुने किसिमको राजनीति हामीले गर्नुपर्छ। मुलुकलाई धनि र गरिबको रेखा कोरेर एउटा आँखाको राजनीति मात्र गरेर नयाँ नेपाल बनाउन सकिंदैन। नयाँ नेपाल बनाउनको निम्ती नेपालीले नेपालीको लागि राजनीति गर्नु पर्छ।

खगेन्द्र कर्ण
संस्थापक अध्यक्ष
नेपाल विद्यार्थी संघ
पूर्वाञ्चल विश्व विद्यालय

।पबचलबज्ञढडज्ञ२जयत्कबष्।िअय्क
संस्थापक अध्यक्ष
नेपाल विद्यार्थी संघ
पूर्वाञ्चल विश्व विद्यालय

Leave a Reply

CAPTCHA image

Jai Nepal

Jai Nepal

Polls

Do you think the New Constitution of Nepal will be constructed by time?

  • Yes (75%, 3 Votes)
  • No (25%, 1 Votes)
  • I have no idea (0%, 0 Votes)

Total Voters: 4

Loading ... Loading ...

Categories

Archives