A A
RSS

पूर्वाञ्चल विश्वविद्यालय र समस्याहरु

Tue, Apr 13, 2010

Important, Recent

Studentsनेपाली प्रजातान्त्रिक आन्दोलनको अन्त्य पछि देशमा शैक्षिक विकासक्रम शुरु भएको थियो। देशको एकमात्र विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको विकल्पमा औधोगिक नगरी विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालयको स्थापना भएको थियो। स्थापनाकाल देखिनै पूर्वाञ्चल विश्वविद्यालयमा अनेकौं समस्याहरु देखिन थालेको थियो। विश्वविद्यालयको आफ्नै भवन भएता पनि यो विश्वविद्यालयका प्राय जसो कार्यालयहरु भाडाको घरमा रहेको छ। शैक्षिक विकासको नाममा जथाभावी मापदण्ड नपुगेका कलेजहरुलाई आर्थिक लेनदेनको आधारमा सम्वन्धन दिन गरिएको छ। यस विश्वविद्यालय अन्तर्गत सञ्चालित ११० ओटा कलेजको नियमित अनुगमन नगर्दा यस विश्वविद्यालय अन्तर्गत बिभिन्न कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको भविस्य अन्योलपूर्ण अवस्थामा रहेको छ। गिरिजा प्रसाद कोइरालाको इच्छा र चाहना बमोजिम सञ्चालमा ल्याइएको यस विश्वविद्यालयको हालत सुधार गर्न विद्यार्थी संगठनहरुले पहल नगर्ने हो भने दुर्घटना निम्तने निश्चित प्राय च। अन्तमा पूर्वाञ्चल विश्वविद्यालयलाफ सुधार गर्न चालिनु पर्ने कदमहरु –

  1. विश्वविद्यालयले यथाशिघ्र सम्बन्धन प्राप्त कलेजहरुको निरिक्षण र अनुगमन गर्न टोली पठाउने।
  2. विश्वविद्यालयको शैक्षिक कार्यक्रम समय अनुकुल बनाउन शैक्षिक क्यालेण्डर जारी गर्नु पर्ने।
  3. परिक्षाको केन्द्र तोक्दा सम्भव भए सम्म पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरुमै केन्द्र राख्नु पर्ने।
  4. केन्द्राध्यक्ष तोक्दा विश्वविद्यालयकै पधादिकारीहरुलाई तोक्नु पर्ने।
  5. गरिव, जेहेन्दार, जनआन्दोलनका घाइते परिवारको लागि आरक्षणको ब्यवस्था गरिनु पर्ने।
  6. महिलाहरुलाई उच्च शिक्षाको लागि प्रोत्साहन गर्न महिलाहरुको लागि छुटै आरक्षणको ब्यवस्था गरिनु पर्ने।
  7. परिक्षा सकिएको ६० दिन भित्र परिक्षाफल प्रकाशित गर्नु पर्ने।
  8. स्वास्थ क्षेत्र जस्ता संबेदनशिल विषयको अध्ययन र अध्यापनमा कडाईका साथ अनुगमन गर्नु पर्ने।
  9. विश्वविद्यालयको केन्द्रिय क्याम्पस पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीमा स्ववियु गठन गर्नु पर्ने।
  10. पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालनमा ल्याउन लागेको शिक्षण अस्पतालमा स्थानिय जिल्लाका वासिन्दालाई ५% आरक्षण दिनु पर्ने।

खगेन्द्र कर्ण
पूर्व अध्यक्ष
ने.वि. संघ
पूर्वाञ्चल विश्वविद्यालय समिति

Tags: , , ,

4 Comments For This Post

  1. renu Says:

    really its ridiculous to know that being one of the university of Nepal ,Purwanchal University is not able to conduct its programms efficiently.the management is poor and the sufferers are the students.the management work is unsatisfactory as well as in case of result publication its too late comapred to other uni.they don’t follow the workout calender and in zero periiod they hurrily operate their exams…
    there are so many problem with this university
    thank u

  2. yadunath Says:

    Above mention problems are universal.We hope NSU should take big initiation to make it happen.We student want big change in the university.I heard that these days the chance exam has been canceled.
    If the chance is canceled we want NSU to take full responsibility because we have expect a lot from NSU. Since, we believe in NSU.we request you to conduct chance exam at any cost because its our right to give chance exam.University is playing foul game.Hope the good leader will hear this big problem that student are facing and we believe that they will work in the favor of student.
    jai nepal

  3. Daya Says:

    If you are unable to manage this University it is not necessary to hold the top lever post.It ma be better for all.

  4. Sunil Shrestha Says:

    really just tired to say that purbanchal sucks but its content is far more good…but…there is a problem that really pissed off whom>>>>> students

Leave a Reply

CAPTCHA image

Jai Nepal

Jai Nepal

Polls

Do you think the New Constitution of Nepal will be constructed by time?

  • Yes (75%, 3 Votes)
  • No (25%, 1 Votes)
  • I have no idea (0%, 0 Votes)

Total Voters: 4

Loading ... Loading ...

Categories

Archives